दमौली (तनहुँ), २४ जेठ : गत बिहीबार आएको हुरीबतासले खम्बा ढलेपछि तनहुँमा अझै २० ट्रान्सफर्मबाट विद्युत् सञ्चालन गर्न बाँकी छ । जिल्लाका विभिन्न ठाउँमा विद्युत्का खम्बा ढलेपछि २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

धेरै ठाउँमा खम्बा ढलेका र तार छिनेकाले मर्मतको काम जारी रहेको केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हुरीबतासले विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ, क्षति पुगेका ठाउँमा मर्मत गर्दै विद्युत् सञ्चालन गर्ने काम भइरहेको छ ।”

अझै पनि हावाहुरीको सम्भावना रहिरहेकाले रुख, हाँगा जस्तापाता उडाएर खम्बा तथा तारमा पर्ने र खम्बा ढल्ने, तार छिन्नेजस्ता घटना हुनसक्ने रेग्मीको भनाइ छ । उहाँले छोटोमा जोडिएका तार नछुटाएसम्म विद्युत् प्रसारण नहुने र लाइन छाडेमा करेन्ट लाग्ने सम्भावना भएकाले खबर नगरेसम्म प्राधिकरणलाई जानकारी नहुने बताउनुभयो ।

हुरीबतासले तनहुँमा विद्युत्का ६० खम्बा भाँचिएका थिए । रेग्मीका अनुसार व्यास नगरपालिका–१० परेवाडाँडा नजिक तीन ११ मिटरका खम्बा ढलेका छन् । व्यास–७ शेरा कभर्ड हल नजिक ११ मिटरका दुई खम्बा ढलेका छन् । सोही वडाको छापथोक ट्रान्सफर्मरका दुई अम्बा ढलेर क्षति पुगेको रेग्मीले जानकारी दिनुभयो । व्यास–९ गजौडेमा हाइटेन्सन तार छिनेर क्षति पुगेको छ ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ