काठमाडौँ    १९ साउन

। सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गर्दै कार्यविभाजन गरेको छ । पछिल्लो कार्यविभाजनमा एमाले सचिव रघुवीर महासेठले पार्टीमा परराष्ट्र मामिला विभागको नेतृत्व सम्हाल्ने मौका पाएका छन् ।

धनुषाका महासेठले परराष्ट्रको जिम्मेवारी पाएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् । ‘परराष्ट्रतिर कुनै लगाव छैन, त्यस सम्बन्धी ज्ञान र अध्ययन पनि छैन । न पकड नै छ । तर उनले किन परराष्ट्र पाए एमालेभित्रका धेरैको मनमा यो प्रश्न घुमेपनि बाहिर व्यक्त गर्नचाहिँ सकेका छैनन् ।

 

तर सचिव महासेठले परराष्ट्र विभाग आफैले रोजेर लिएका हुन् । एमाले स्रोतका अनुसार पार्टीले उनलाई प्रदेश इन्चार्ज प्रस्ताव गरेको थियो तर त्यसमा चित्त नबुझाएका महासेठले परराष्ट्र नै चाहिने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ