कास्की, ११ भदौः

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये आज एकजनाको शव फेलापरेको छ । अन्नपूर्णको उल्लेरी हुँदै घोरेपानी जाने क्रममा पर्यटकद्वय ३७ वर्षीय इरिक कासानोभास र ३२ वर्षीया मोलास जुन्का मेसी बेपत्ता भएका थिए ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

खोजीका क्रममा इरिकको शव उनीहरूको झोला भेटिएको स्थान मौजाखोलाभन्दा अन्दाजी एक किमी तल भुरुङ्दी खोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा फेलापरेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो । महिलाको अवस्था भने झै पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो ।

सोही दिन साँझ बाटोमा दुईवटा झोला बेवारिस अवस्थामा भेटिएपछि पर्यटक हराएको आशङ्कामा खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार फेलापरेका झोला बिरेठाँटी प्रहरी चौकीमा ल्याएर खोलेर हेर्दा पर्यटकको भएको पुष्टि भएको थियो ।

पदयात्रामार्गमा पर्ने भुरुङ्दी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक खोलामा खसेको अनुमानका आधारमा सोमबार झरनाको आसपास र नदी किनारमा खोजी गरे पनि फेला पर्न सकेको थिएन । खोजीका क्रममा झरना नजिक आल्मुनियमका दुईवटा स्टिक (लौरी) भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ