गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेको दिन आइतबार साँझ  राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताहरुको भीड लाग्यो । सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रास्वपा सभापति रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशी पक्राउ परेका छन् । कास्की प्रहरीको पत्रका आधारमा काठमाडाै‌ं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले जाेशीलाई शं‍खमूलबाट पक्राउ गरेको हाे । प्रहरी स्रोतका अनुसार उहाँलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ ।

सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन छविलाल पक्राउ परेका थिए । छविलाल पक्राउ परेपछि रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका थिए । त्यस अनुसार रास्वपा सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्न सक्ने आशंकाले कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका थिए ।

रास्वपाले म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ । सहकारी ठगी प्रकरणमा आफ्ना सभापति मुछिएको बारे चाहिँ रास्वपाले बोलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ