नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । पोखराको सभाहलमा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले अधिवेशनको उद्घाटन गरे । अधिवेशनको पहिलो सत्रमा विधान मस्यौदा पेश गरेर समूहगत छलफल गर्ने कार्यसूची छ । दोस्रो दिन मंगलबार निष्कर्ष सुनाउने कार्यसूची रहेको नेसपा नेता मानुषी यमीले जानकारी दिइन् ।

अधिवेशनमा देशभरबाट चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइन्छ ।

अधिवेशनमा भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । प्रतिवेदनमा नयाँ संरचनामा गइसकेपछि पार्टी निर्माणको मोडालिटी, अबको बाटो र देश कसरी बनाउने सकिन्छ भन्ने विषय समावेस हुने र यी विषयवस्तुबारे गहन छलफल गरिने उनले बताए ।

साथै वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र वैचारिक आधार, वैकल्पिक शक्तिको मूल वैचारिकऔराजनीतिक प्रतिवद्धता, वैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र प्रतिवद्धता, आर्थिक विकास तथा समृद्धिको अवधारणा, लक्ष्य र नीति, लोकतन्त्रको समृद्धीकरण, सुशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ वैकल्पिक शक्ति निर्माण र समुन्नत समाजवादको अपरिहार्यता लगायतका विषय सूची अधिवेशनमा छलफल हुने भएको साे पार्टीले जनाएको छ । अधिवेशनपछि तीन तहमै पार्टी निर्माण र अभियानमा लाग्ने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा डा. भट्टराईले माओवादी त्यागेपछि नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादीसम्म आइपुग्दा वैकल्पिक राजनीतिको अभ्यास गरेको र अब चाहिँ असली वैकल्पिक पार्टी कस्तो हुन्छ भनेर देखाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ