भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्ससहित चार वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि रुपन्देहीका पर्यटन व्यवसायीमा आशा पलाएको छ । विमानस्थल उद्घाटन भएको साढे २ वर्षपछि नेपाल एअरलाइन्स, थाइ एअर एशिया, जजिरा र फ्लाई दुबईले उडान गर्ने निश्चित भएपछि व्यवसायीमा आशा पलाए पनि विगत दोहोरिने आशंकाले ढुक्क भने छैनन् ।

नेपाल एअरलाइन्स, थाइ एअर एशिया, जजिरा र फ्लाई दुबईले उडान गर्ने निश्चित भएपछि व्यवसायीमा आशा पलाएपनि विगत दोहोरिने आशंकाले ढुक्क भने छैनन् । भैरहवामा भिसा सेन्टर, मेडिकल, श्रम कार्यालय, नेपालीका लागि ई भिसा र उडानको डाइरेक्ट कनेक्टिभिटी नभएका कारण विगतमा जजिरा र हिमालयन एअरलाइन्सले उडान बन्द गरेकाले आवश्यक सरकारी कार्यालय तत्काल सञ्चालनमा ल्याई अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त संख्यामा हुनुपर्ने माग राखेका छन् ।

रुपन्देहीमा भिसा सेन्टर, मेडिकल, श्रम कार्यालय, नेपालीका लागि ई-भिसा र उडानको डाइरेक्ट कनेक्टिभिटी नभएका कारण विगतमा जजिरा र हिमालयन एयरलाइन्सले उडान बन्द गरेकाले विमानस्थलमा आवश्यक सरकारी कार्यालय तत्काल सञ्चालनमा ल्याउन व्यवसायीले माग गरेका छन् ।

२०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थलबाट जजिरा एअरलाइन्सले सोही दिन उडान गरेपनि विभिन्न कारण देखाउँदै पुस ६ देखि उडान रोकेको थियो । हिमालयन एअरलाइन्सले पनि केही उडान गरेर बन्द गरेको थियो । उडान नभएपछि व्यवसायीहरु आन्दोलित भएका थिए ।

३५ अर्ब ६६ करोड लगानी भएको विमानस्थलबाट उद्घाटन भएको साढे २ वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा व्यवसायीहरु निराश थिए । अन्तर्राष्ट्रिय उडानहरु नियमित र पर्याप्त नहुँदा विमानस्थल लक्षित गरी होटल र पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपैयाँ लगानीका व्यवसाय जोखिम र संकटमा परेको व्यवसायीहरुको गुनासो छ । अहिले चार वटा विमान कम्पनीले उडान शुरु गर्नु सकारात्मक भएको बताउँदै यसलाई नियमित र पर्याप्त संख्यामा हुनुपर्ने माग राखेका छन् ।

विमानस्थल निर्माणमा जग्गाको मुआब्जासहित ३५ अर्ब ६६ करोड खर्च भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ गते शिलान्यास भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ