काठमाडौँ, ३ माघः

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।

समयमा पक्षघातको उपचार नहु्ँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सय जनाले ज्यान गुमाउँदै आएका छन् । यस्तो अवस्थामा गरी अमेरिका सरकारको सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले आज प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।

उक्त मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहन्छ । ‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुनछ । एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार पर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ