नेपालमा बीमा ब्यावसायको ईतिहास खासै लामो छैन तर पनि २०७४ मा बिभिन्न नयाँ बीमा कम्पनीहरु आए संगै बीमा शिक्षा र ब्यवसाय प्रति जनता सचेत हुन थालेका छन् । पछिल्लो केही बर्ष यता बिभिन्न कम्पनीमा आफै फोन गरेर वा शाखा कार्यालय भ्रमण गरेर बीमाको बारेमा बुझ्ने तथा जीवन बीमा खरिद गर्ने गरेको देखिन्छ । नेपालमा बीमा ब्यवसाय प्रतिस्पर्धी ब्यवसायको रुपमा पनि देखिन्छ । बाहिरबाट यसो हेर्दा बीमा बचत र भविष्यको लागि पूर्व तयारी मात्र देखीन्छ । हो हिजो सम्म बीमाको परिभाषा पनि यहि थियो अनिवार्य बचत तर एकाएक २०७४ मा नेपाली बीमाको क्षेत्रमा आमुल परिवर्तन आयो नेपाली समाजमा एउटा एस्तो जीवन बीमा कम्पनीको स्थापना भयो जसले ईतिहासमै नेपाली बीमा ब्यवसायको परिभाषा नै परिवर्तन गरिदियो ।
२०७४ असोजमा स्थापना भएको ज्योती लाईफ जसले नेपाली बीमा ब्यवसायको परिभाषा नै परिवर्तन गर्न सफल भएको छ । ज्योति लाईफले स्थापनाकाल देखी नै ११ प्रकारका घातक रोगहरुको रक्षावरण सहित बिभिन्न बीमा योजनाहरु बजारमा ल्यायो । जसले गर्दा परम्परागत बीमा कम्पनीहरुलाई टाउको दुखाईको विषय बन्न पुग्यो ज्योति लाईफ । दास्रो बर्षमै ११ बाट एकैपटक ३५ प्रकारका घातक रोगहरु बिरुद्ध ५० लाख सम्मको ऐच्छिक सुविधा सहितको बिभिन्न बीमा योजना ल्याउन सफल भयो ज्योति लाईफ ।





बजारमा बीमा भनेको केवल बचत र भविष्यका लागि पुर्व तयारीको परिभाषालाई परिवर्तन गरिदिदै ज्योति लाईफले बीमा भनेको बचत, जोखिम हस्तान्तरण सँगै घातक रोग विरुद्धको सुरक्ष कवच पनि हो भन्ने परिभाषित गरिदिन सफल भएको छ । आज जतिपनि जीवन बीमा कम्पनीहरुले घातक रोगको सुविधा ल्याएका छन् ती सम्पूर्ण ऐच्छिक सुविधाको श्रेय केवल तत्कालिन ज्योति लाईफलाई जान्छ । बिस्तारै आक्रमक बीमा ब्यवसाय गरेको ज्योतिलाईफ हाल सूर्य लाईफ संग एकिकरण भई सूर्यज्योतिका नामले परिचित छ । अन्य बीमा कम्पनीका अभिकर्ता तथा ग्राहकले समेत सूर्यज्योतिको जस्तो घातक रोगको सुविधा माग गर्न थाले त्यस पछि मात्र पुरातन परिभाषाबाट चलेका बीमा कम्पनीहरुले बाध्य भएर बिभिन्न प्रकारका घातक रोग बिरुद्धको सुविधा बजारमा ल्याएका छन् ।
फलेको हागोमा जसले पनि झटारो हान्छ । यो उक्ती सूर्यज्योतिको हकमा सतप्रतिसत लागु हुन्छ । आक्रमक रुपमा बीमित र सर्वसाधारणको मन जितेको सूर्यज्योति बिरुद्ध अनार्गल सामाग्री सहित आक्रमणको श्रृंखला नै चल्न पुग्यो । तर यो आक्रमणले नकारात्मक प्रभाव पार्नुको साटो सकारात्मक छाप पो छोड्न थाल्यो त सूयज्योति लाईफले समाजमा । यसको प्रभाव यस्तो देखियो की दुरदराजका बजार उन्मुख क्षेत्रमा सूर्यज्योतिको शाखा तथा उपशाखा कार्यालय स्थापना गर्न जनप्रतिनिधी नै केन्द्रिय, क्षेत्रिय कार्यालय भ्रमण गर्न थाले । जसको कारण आज सूर्यज्योति लाईफका देशभर २०० को हारहारीमा शाखा कार्यालय संचालनम रहेको छन् । बीमितको विस्वासले गर्दा राम्रो ब्यापार गरेको सूर्यज्योतिले दाबी भूक्तानी पनि सहज तरिकाले प्रदान गर्ने गरेको छ । यसको ज्यवलन्त उदारण चालु आ.ब. को माघ मसान्न भित्र १४७ दावी निवेदनका आधारमा बिभिन्न दाबी भूक्तानी बापत ४९ करोड २९ लाख भूक्तानी प्रदान गरेको छ । बीमितको पहिलो रोजाई बनेको सूर्यज्योति यस वर्षको समग्र बीमा ब्यापार पनि आक्रामक रहेको पाईन्छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















