ललितपुरको लिटिल एन्जल्स स्कुलको आधारभुत तहका विद्यार्थीहरुले आज हस्तकला प्रर्दशनी गरेका छन् । ललितपुर महानगरको हात्तीवनमा अवस्थित बिद्यालयको प्रांगणमा कक्ष एक देखी पाचँ सम्मका बिद्यार्थीहरुले आफुले सिकेको सिप प्रयोग गरी निर्माण गरिएका विभिन्न हस्तकलाका सामाग्री प्रर्दशनमा राखिएको हो । प्रदर्शनीको नाम आर्ट एण्ड क्राफ्ट प्रर्दशनी दिईएको छ ।
विद्यालयले पुस्तकको अध्ययन भन्दा बाहिर गएर विद्यार्थीको संवांगिण विकासका लागि यस्ता अतिरिक्त कृयाकलप गर्ने गरेको स्कुलका प्राचार्य मुकुन्द राज शर्माले बताउनु भयो । कार्यक्रममा अभिभावकहरुको समेत बाक्लो उपस्थिती रहेको थियो । प्रर्दसनिमा विद्यार्थीहरुको कला र सीपलाई शिक्षक अभिभावले राम्रो संग बुझ्ने मौका पाएको कुुरा अभिभावले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ