ताप्लेजुङ, ४ चैतः

नेपाललाई साहसिक पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकका महिलाको एक टोली ‘द ग्रेट हिमालयन ट्रेल’ (जिएचटी) को पद्यात्राका लागि ताप्लेजुङ आइपुगेको छ ।

कूल १३ सदस्यीय टोली सिन्धुपाल्चोकबाट यात्रा प्रारम्भ गर्न ताप्लेजुङ आइपुगेको हो । आइतबार पाथीभराको दर्शन गरेपछि टोली आज बिहान सदरमुकाम फुङ्लिङबाट फक्ताङलुङ गाउँपालिकातर्फ प्रस्थान गरेको छ । टोलीमा १९ वर्षीया सिन्धुपाल्चोककी प्रमिता सापकोटा र ६५ वर्षीय दाङका सुन्दरकुमार चौधरीसमेत सहभागी रहेका छन् । टोलीमा १२ जना महिला छन् ।

पदयात्रा टोलीका नेतृत्वकर्ता माया गुरुङले आज फक्ताङलुङ गाउँपालिका अध्यक्षसँग भेट गरी पर्यटन प्रवद्र्धनका सम्भावनाबारे छलफल गर्ने बताउनुभयो । नेपाली महिलाको साहसिक पर्यटनमा सहभागिता अभिवृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ पदयात्रा सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

एक सय दिनको यात्रामा टोलीले हिमाली पदमार्ग पार गर्दै नेपालको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको प्रचार गर्नेछ । पदयात्राका लागि प्रत्येक सदस्यले अनुमानित रु १५ लाख खर्च गर्ने बताइएको छ । पदयात्रामा ११ जना सहयोगी छन् ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ