नेपाल जेसीजले चितवनमा बिजनेश एक्स्पो गर्ने भएको छ। भरतपुर महानगरपालिकाको नारायणी नदीको तटमा नेपाल जेसीजले यहि चैत ७ देखि १८ गतेसम्म जेसीआई नेपाल बिजनेस एक्स्पो २०२५ पहिलो पटक गर्न लागेको हो। स्वदेशी उत्पादनलाई प्रवद्धन गर्ने उद्देश्यसहित जेसीजले यस्तो एक्स्पो आयोजना गर्न लागेको नेपाल जेसीज बर्ष २०२५ की राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाले विस्व समाचारलाई बनाउनु भयो । एक्स्पोले उद्यमी व्यवसायी र उपभोक्ताबीच पुलको काम गर्ने आयोजकले जनाएको छ।

एक्स्पोमार्फत व्यवसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान युवा स्वरोजगारको खोजी गर्ने अपेक्षा गरिएको छ। कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगै एक्स्पोलाई औद्योगिक फ्लेवरको रुपमा बिकास गर्न खोजेको आयोजकले जनाएको छ। पुँजी नभएका तर उद्यमीशिलता गर्ने चाहाना भएका युवाहरूका लागि नेपाल जेसीजले आयोजना गर्न लागेको एक्स्पो महत्वपूर्ण प्लाटफर्म हुने नेपाल जेसीज वर्ष २०२५ राष्ट्रिय अध्यक्ष रजनी थापाले बताउनु भयो ।

देशभर रहेका जेसीज सदस्यहरूको नेटवर्क मार्फत व्यवसायिक गतिविधि सञ्चालन गर्न सकिने भएकाले पुँजी नहुनेहरूका लागि जेसीजले सञ्चालन गर्ने हेरक गतिविधि महत्वपूर्ण हुने अध्यक्ष थापाको भनाइ छ।

ुदेशभर रहेका जेसीजका सदस्यहरूलाई समेत यो एक्स्पो महत्वपूर्ण छ। उद्यमशीलताका चाहाना भएका तर पुँजी अभाव भएकाहरूका लागि जेसिसको नेटवर्क नै महत्वपूर्ण छ। मुलुकभर रहेका जेसीजहरूसँग सम्बन्ध स्थापना गरेर ब्यापार प्रवर्द्धन गर्न सहज हुन्छ। यस एक्स्पोमा जेसीजमा रहेका युवा उद्यमीहरू पनि सहभागी हुँदै हुनुहुन्छ। यसका साथ देशभर नै रहेका १८ देखि ४० वर्षका युवा उद्यमीहरूलाई हामीले एक्स्पोमा जोड्ने लक्ष्य लिएका छौं। कृषि,पर्यटन, फाइनान्स, आईटी तथा एआई घरेलु उत्पादकहरू एक्स्पोमा सहभागी हुने हाम्रो अपेक्षा छु, थापाले बताउनु भयो

एक्स्पोमा २५० स्टल रहने आयोजकले जनाएको छ। एक्स्पोमा अनुमानित १० करोडको कारोबार हुने अपेक्षा आयोजकको छ। यस्तै यस एक्स्पोमा नविन प्रविधि, बैकल्पिक उर्जा, शिक्षा, स्वास्थ्य, पर्यटन, स्थानीय संस्कृति लगायतका सेवामूलक क्षेत्रहरूको समेत स्टल रहेने नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष एवं विजनेश सेक्टर प्रमुख गणेश सापकोटाले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ