तानसेन (पाल्पा), १ पुसः
विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोजगार दिने निकाय, सार्वजनिक यातायातका साधन, सार्वजनिकस्थल अपाङ्गताता अनकूलको नहुँदा अपाङ्गता भएका व्यक्तिले दिनहुँ समस्या सामना गर्नुपरेको छ । भौतिक संरचना अपाङ्गतामैत्री नहुँदा धेरैजसो अपाङ्गता भएका व्यक्तिले आफ्ना दैनिक क्रियाकलाप गर्नसमेत कठिनाइको सामना गर्नुपरेको हो । भौतिक संरचनाकै कारण उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सेवाबाट विमुख छन् । बजार गएर कुनै सामग्री खरिद तथा बिक्री गर्न, यातायातका साधन प्रयोग गर्न समस्या पर्ने गरेको छ । कतिपय अपाङ्गता भएका व्यक्तिले त भौतिक अवरोधकै कारण सहर÷बजारमा भाडामा कोठा पाउन नसकेको अवस्था छ ।





अपाङ्गतामैत्री भौतिक संरचनाको अभावमा राज्यले दिने सेवा–सुविधा पनि सहज रूपमा लिन पाएका छैनन् । स्थानीय सरकारका भवनसमेत अपाङ्गतामैत्री छैन । अधिकांश कार्यालय दुई÷तीन तलाको रहेका र सरकारी सेवा सुविधा लिन तलमाथि गर्न नसक्दा सास्ती बेहोर्नु परेको अपाङ्गता भएका सेवाग्राहीको गुनासो छ । उनीहरूका अनुसार राज्यले सरकारी तथा सार्वजनिकस्थल, भवन तथा कार्यालय अपाङ्गतामैत्री हुनुपर्ने घोषणा गरेको एकदशक बिते पनि यहाँ भने कार्यान्वयन हुनसकेको छैन । जिल्लामा रहेका सरकारी कार्यालय अपाङ्तामैत्री नहुँदा कार्यालय प्रमुखलाई सिधँै भेटेर सरकारी सेवा सुविधाप्रतिको गुनासो राख्न नसकिएको अपाङ्गता हुनुभएकी तानसेन–६ की सुमित्रा कुमालले बताउनुभयो ।
“कार्यालय प्रमुख तथा नगरप्रमुख, उपप्रमुख बस्छन् दुई÷तीन तलामाथि,” उहाँले भन्नुभयो, “भ¥याङ चढेर जान सकिँदैन । भूइँ तलामा कतिबेर कुरेर बस्नु ? हामी ह्विलचियर तथा बैसाखीको भरमा हिँड्नुपर्ने बाध्यता छ,” दुबै खुट्टा अशक्त भएकी उहाँले गुनासो गर्दै भन्नुभयो, “यहाँका सरकारी कार्यालयमा सानो सिफारिस लिन जाँदासमेत सहयोगी मान्छे लैजानुपर्छ ।” राज्यले हरेक सरकारी भवन अपाङ्गतामैत्री हुनुपर्ने भने पनि यहाँ यस्तो व्यवस्था नभएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । तानसेनकै प्रेम बुढाको सानैमा लडेर कम्मरबाट तल दुबै खुट्टा चल्दैनन् । उहाँ केही दिनअघि अपाङ्गता परिचयपत्र लिन तानसेन नगरपालिकामा पुग्नुभयो ।
ह्वीलचियरको सहारामा हिँड्नुपर्ने उहाँलाई दाइले बोकेर कार्यालय प्रमुखसम्म पु¥याउनुभएको थियो । काम सकेर बाहिर आउँदा पनि उहाँलाई बोकेर ल्याइयो तर घरसम्म भने दाइले नै गाडीमा राखेर पु¥याउनुभयो । “दैलौमै सिंहदरबार आयो भन्छन्, सजिलै सेवा पाइन्छ भन्थे”, बुढाले भन्नुभयो, “हाम्रा लागि त केही पनि आएन, नगरपालिकामा सेवा लिन जाँदा धेरै कष्ट पार गर्नुपर्छ ।” स्थानीय सरकारमा जनप्रतिनिधि आए पनि आफूहरु जस्ता अपाङ्गता भएकाहरुका लागि सहजै सेवा पाउने अवस्था नभएको उहाँको गुनासो छ । कार्यालयमा गएर नगर प्रमुखलाई भेट्न पनि अरुको बुई चढेर जानुपर्ने बाध्यता रहेको उहाँले रासससँगको कुराकानीमा दुःखेसो पोख्नुभयो ।
यस्तै रिब्दीकोट गाउँपालिकाका–४ रानीठाटीका गकुलसिंह कुँबरका पनि दुई वटै खुट्टा चल्दैनन् । दश वर्षअघि रुखबाट लडेर उहाँ शारीरिक अपाङ्गता हुनुभएको थियो । सरकारी सेवा लिन कार्यालयमा जाँदा होस् वा सवारी साधानमा यात्रा गर्दा धेरै समस्या झेल्नुपरेको उहाँ गुनासो गर्नुहुन्छ । अपाङ्गताको पीडा अपाङ्गताले नै बुझ्छन् र यसका लागि आवाज आफैँले उठाउनुपर्ने उहाँले बताउनुभयो । कुँबरले भन्नुभयो, “सम्बन्धित निकायमा बारम्बार ढोका ढक्ढकाउँदा पनि अपाङ्गतामैत्री संरचना निर्माण हुनुपर्ने र गाडीमा यात्रा गर्दा सहज गरिदिनुपर्ने मागको सुनवाइ हुँदैन । बोल्न सक्नेको त केही कुरा सुनिँदैन भने निमुखाहरू अझ कति पीडित होलान् ?” अपाङ्गताका लागि पहुँचयुक्त भौतिक संरचना बनाउनुपर्छ भन्ने नियम तथा निर्णय पनि गरिन्छन् तर ती कार्यान्वयन नभइ कागजमै सीमित
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















