पाटन (ललितपुर), १० पुसः
पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताउनुभएको छ ।


सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उहाँले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताउनुभएको हो ।
“आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














