काठमाडौँ,
१९ वैशाख
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ४८.७३ अङ्कले ओरालो लागेर दुई हजार ३०७.४४ अङ्कमा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ८.४५ अङ्कले ओरालो लागेर ४४१.७९ मा ओर्लिएको छ ।


कूल २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर रु एक अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब ८२ अर्ब ३२ करोड ७६ लाख ८० हजार बराबर भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ १६.२६, व्यापार ३०.१३, होटल तथा पर्यटन ११४.७२, विकास बैंक १२७.३३, जलविद्युत् ९५.७९, वित्त ७४.४४, निर्जीवन बीमा २१८.६३, उत्पादन ११२.७४, अन्य ६१.१, लघुवित्त ६९.०७, जीवन बीमा ३४२.२५, सामूहिक लगानी कोष ०.१ र लगानी १.७२ अङ्कले ओरालो लागे ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ७३ लाख ५६ हजार ७४३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ३८ लाख ३० हजार ५६३, शिवम् सिमेन्ट रु चार करोड २५ लाख २३ हजार ९१६, नेपाल फाइनान्स रु चार करोड पाँच लाख १८ हजार २६० र युनियन हाइड्रोपावर रु तीन करोड ७४ लाख चार हजार ३७५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














