टोकियो, ६ फागुन (रासस :
भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै हुनुहुन्छ । संसद्बाट हुने यो पुनर्नियुक्ति औपचारिक प्रक्रिया मात्र भए पनि यसले उहाँलाई दोस्रो कार्यकालमा देशलाई थप रूढिवादी तथा सुरक्षा–केन्द्रित दिशातर्फ अघि बढाउने स्पष्ट सङ्केत दिएको छ ।

तल्लो सदनका ४६५ सिटमध्ये दुई तिहाइ बहुमत हासिल गरेको उहाँको लिबरल डेमोक्रेटिक पार्टीलाई विधेयक अघि बढाउन उल्लेखनीय सहजता प्राप्त भएको छ । माथिल्लो सदनमा बहुमत नभए पनि तल्लो सदनको ‘सुपरमेजोरिटी’ का कारण समितिहरूमा प्रभुत्व कायम राख्दै अस्वीकृत विधेयक पुनः पारित गराउन सकिने अवस्था छ । यही राजनीतिक बलमा उहाँले सैन्य क्षमता विस्तार, सरकारी खर्च वृद्धि र रूढिवादी सामाजिक नीतिलाई संस्थागत गर्ने योजना अघि सार्नुभएको छ ।

आगामी दिनमा उहाँको प्राथमिकता बढ्दो मूल्य र सुस्त ज्याला समस्यालाई सम्बोधन गर्नु रहेको छ । चुनावका कारण ढिलाइ भएको बजेट विधेयक पारित गराउनु उहाँको पहिलो कार्यसूचीमा परेको छ । जीवनयापनको लागत घटाउन दुई वर्षका लागि खाद्य सामग्रीमा बिक्री कर कटौती गर्ने प्रस्ताव उहाँले अघि सार्नुभएको छ । तर अर्थविशेषज्ञहरूले उदार वित्तीय नीतिले मुद्रास्फीति चर्किन सक्ने र जापानको ठूलो राष्ट्रिय ऋण घटाउने प्रयास सुस्त हुन सक्ने चेतावनी दिएका छन् ।

सुरक्षा र परराष्ट्र नीतिका विषयमा उहाँले अत्यन्त सावधानी र सन्तुलनका साथ आफ्नो धारणा व्यक्त गर्नुभएको छ । बेइजिङले दाबी गरेको स्वशासित ताइवानसँग सम्बन्धित कुनै अवस्था उत्पन्न भएमा जापानले परिस्थिति हेरेर आफ्नो भूमिकाबारे विचार गर्ने कुरा उहाँले यसअघि उल्लेख गर्नुभएको थियो । यस विषयले चीन र जापानबीच कूटनीतिक तहमा सामान्य चासो र संवादलाई निरन्तरता दिएको देखिएको छ । देशभित्र क्षेत्रीय स्थिरताबारे चासो राख्ने केही समूहले उहाँको भनाइलाई सकारात्मक रूपमा बुझेका छन् । साथै, टोकियोस्थित यासुकुनी तीर्थस्थल सम्बन्धी विषयमा विभिन्न मत रहेकाले उहाँले सबै पक्षसँग परामर्श गर्दै अघि बढ्ने सङ्केत गर्नुभएको बताइएको छ ।

रक्षा क्षेत्रमा उहाँले घातक हतियार निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो पार्ने, आणविक–सञ्चालित पनडुब्बी विकासको सम्भावना अध्ययन गर्ने र वर्षको अन्त्यसम्म सुरक्षा नीति परिमार्जन गर्ने वाचा गर्नुभएको छ । गुप्तचर संयन्त्र सुदृढ पार्न राष्ट्रिय एजेन्सी स्थापना र वासिङ्टन, अस्ट्रेलिया तथा बेलायतसँग अझ नजिक सहकार्य गर्ने योजना पनि उहाँको एजेन्डामा छ । चिनियाँ जासुसी गतिविधि लक्षित कानूनलाई समर्थन गर्नुभएको उहाँको निर्णयले नागरिक अधिकार कमजोर हुन सक्ने भन्दै केही विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

अप्रिलमा हुने सम्भावित शिखर भेटवार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध सुदृढ पार्ने प्रयाससमेत तीव्र पारिएको छ । जापानले अघिल्लो

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ