११ चैत, काठमाडौं ।


नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले बुधबार उपसभापति शर्मालाई प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।‘यो बैठक प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकाको समीक्षा, समन्वय र थप प्रभावकारिताका लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई प्रदान गर्ने निर्णय गर्दछ,’ महामन्त्री प्रदीप पौडेलले बैठकमा सुनाएको निर्णय उद्धृत गर्दै एक केन्द्रीय सदस्यले जानकारी दिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














