गण्डकी, १४ वैशाख:

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच आज पोखरामा भेटवार्ता भएको छ ।

प्रदेश प्रमुख निवासमा भएको भेटवार्तामा प्रदेश प्रमुख भट्टले राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएकामा उपाध्यक्ष भण्डारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

सङ्घ र प्रदेशबीचको समन्वय तथा सहकार्यमा जोड दिँदै उहाँले प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन, नीति निर्माणसँग सम्बन्धित विषयहरूबारे चर्चा गर्नुभयो ।

उपाध्यक्ष भण्डारीले प्रदेश मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार भएकाले प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलतासँग जोडिएको धारणा राख्नुभयो । उहाँले व्यवस्था सुदृढ हुनका लागि प्रदेशहरू सुदृढ हुनुपर्नेमा जोड दिँदै संविधानको पूर्ण कार्यान्वयन तीनै तहका समन्वयमा कानुन तर्जुमा र त्यसको कार्यान्वयनबाटै सम्भव रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ