लुम्बिनी २५, जेठ :

लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे पाउनुभएको छ । यसअघि कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी सरकारको प्रवक्ता रहनुभएको थियो ।

नेकपा एमालेले मन्त्री पन्थीलाई सरकारबाट फिर्ता बोलाएपछि आजको मन्त्रिपरिषद् बैठकले नवनियुक्त स्वास्थ्यमन्त्री घिंमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले सामाजिक विकास मन्त्रालयबाट पेस भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको अध्ययन पूर्वस्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिस्ट समूह, एघारौं तहका डा सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।

एमाले प्रमुख सचेतकमा रोका मगर

नेकपा एमाले लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा रोल्पाकी यमूना रोकामगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ । यसअघि प्रमुख सचेतकमा रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमूना रोका मगर रहनुभएको थियो ।

प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका चौधरी सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री नियुक्त भएपछि सचेतक रहनुभएकी रोकामगर प्रमुख सचेतकमा नियुक्त हुनुभएको हो । रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ