प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरूको उपस्थितमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सिफारिस गरेका थिए।
गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् ।


त्यस्तै महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए ।
फागुन २१ को निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर उनी चुनावमा होमिएका थिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










