काठमाडौँ, १० साउन

: इञ्जिनीयर महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तकको आज लोकार्पण भएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आज काठमाडौँमा माया पब्लिकेसन्सद्वारा आयोजित कार्यक्रममा पुस्तकको विमोचन गर्नुभएको हो ।

पुस्तक ‘नेपाल्स वाटर रिसोर्सेस’ शीर्षकका अङ्ग्रेजी संस्करणमा पनि प्रकाशित छ । दुवै संस्करणको विमोचन गरिएको हो । पुस्तकमा नेपालको जलस्रोत विकासका ढाँचाहरु र जलवायु परिवर्तनको युगका उदयीमान चुनौतीहरू समेटिएको छ ।

अध्यक्ष यादवले नेपालको जलस्रोतका क्षेत्रमा भएका स्रोतसाधनको भरपुर उपयोग गरी यसलाई समृद्धि र विकासमा लान सक्नुपर्ने बताउँदै हरेक सरकारले यसमा ध्यान दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासे, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका पूर्वसचिव महेन्द्रनाथ अर्याल, डा द्वारिकानाथ ढुङ्गेल, ऊर्जा विज्ञ रत्नेश्वरलाल कायस्थलगायतले पुस्तकको विशेषता र नेपालको जलस्रोतको सम्भावनाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ