काठमाडौँ, २६ साउनः बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने भएको छ ।


बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिका उजुरी प्राप्त हुना साथ उजुरीको छानबिन तथा सत्य अन्वेषणलाई प्रभावकारी बनाउने भएको हो । आज काठमाडौँमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुवकुमार चौहानले पीडित तथा पीडित परिवारको अधिकार र व्यक्तिको सरोकारलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने तथा आयोगबाट सम्पादन हुने कामलाई थप व्यवस्थित र परिणाममुखी बनाइने जानकारी दिनुभयो ।
आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन भएका काम, अनुसन्धान तथा छानबिनको अवस्था, उजुरीमाथि भएको कारबाही, पीडित तथा पीडित परिवारसँग गरिएको समन्वय, अभिलेख व्यवस्थापन लगायतको विषयमा जानकारी गराएको छ ।
आयोग हाल पदाधिकारीविहीन अवस्थामा रहेको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










