काठमाडौँ ।


ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा साउन २४ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ३१ गते आइतबार पुनः बस्ने भएको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको शुक्रबारको बैठकमा १२ जना नेताहरूले आ–आफ्नो धारणा राखेका छन्। आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्मा, सह-महामन्त्री बहादुरसिंह लामा तथा केन्द्रीय सदस्यहरू रमेश रिजाल, सुजाता कोइराला, अर्जुनप्रसाद जोशी, इन्जिनियर मोहन आचार्य, नानु बास्तोला, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, शम्भुबहादुर बुढाथोकी, अनिलकुमार झा र केन्द्रीय सदस्य एवम् कोसी प्रदेश सभापति उद्धव थापाले आ–आफ्नो धारणा राखेका थिए।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










