काठमाडौँ, २९ साउनः


वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका-३ बस्ने ताल्लेजुङ सिरीजङ्घा गाउँपालिका-७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सुमनले मौरिसस पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु एक लाख ९० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ महानगरपालिका-२६ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










