,
श्रावण २१, २०८३
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा सुदूरपश्चिम प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धनगढीस्थित होटल पौवामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ADM, योग्य अभिकर्ता, शाखा कर्मचारी तथा Regional Managerहरूको उल्लेखनीय सहभागिता रहेको थियो
। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत (Chief Marketing Officer) श्री गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख श्री लक्ष्मीकान्त जैसीले कार्यक्रमको मुख्य सहजीकरण तथा समन्वय गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालज्यूले सन नेपाल लाइफले छोटो समयमै जीवन बीमा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आफ्नो छुट्टै पहिचान र इतिहास निर्माण गर्न सफल भएको बताउनुभयो।
उहाँले आगामी दिनमा पनि सुदूरपश्चिम प्रदेशमा अझ प्रभावकारी रूपमा व्यवसाय विस्तार गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै अभिकर्ता तथा ADMहरूको सक्रियता, लगनशीलता र व्यावसायिक क्षमताले कम्पनीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, प्रमुख बजार अधिकृत श्री गणेश चौलागाईंले कार्यक्रममा कम्पनीको व्यावसायिक रणनीति, बजारमा प्रतिस्पर्धात्मक रूपमा अघि बढ्ने उपाय तथा अभिकर्तामुखी नीति र कार्यक्रमहरूबारे जानकारी गराउनुभयो। उहाँले अभिकर्ताहरूले सन नेपाल लाइफबाट प्राप्त गर्ने विभिन्न सेवा–सुविधा, अभिकर्ता सहजीकरणका लागि कम्पनीले गरिरहेका पहल तथा आगामी दिनमा अभिकर्ताहरूको व्यवसायिक विकासका लागि कम्पनीले खेल्ने भूमिकाबारे समेत प्रकाश पार्नुभयो।
उहाँले जीवन बीमाको पहुँच विस्तारमा अभिकर्ताहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै ग्राहकको आवश्यकता पहिचान गरी गुणस्तरीय सेवा प्रदान गर्दै व्यवसायलाई दिगो र व्यवस्थित रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो। कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानले अभिकर्ताहरूमा थप उत्साह, ऊर्जा र आगामी दिनमा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्। सुदूरपश्चिम प्रदेशका विभिन्न शाखाबाट अभिकर्ता तथा कर्मचारीहरूको सहभागिता रहेको उक्त कार्यक्रमले अभिकर्ता उत्प्रेरणा, नेतृत्व विकास, व्यवसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार र उत्कृष्ट ग्राहक सेवामार्फत जीवन बीमा क्षेत्रमा आफ्नो योगदानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










