२ साउन, काठमाडौं


। नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै तय भएको महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन गरेको हो ।
बैठकले सभापति गनगकुमार थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उक्त समितिमा आवश्यक सदस्यहरू रहने बताइएको छ । बैठकले महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरु निर्माण गर्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal









