काठमाडौँ ।भदौ३

सरकारले सहसचिव कमल प्रसाद भट्टराईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्ने निर्णय गरेको हो।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भट्टराईलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको जानकारी सञ्चारकर्मीहरूलाई दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ