काठमाडौँ ।

सरकारले विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तथा घाइतेहरूको उद्धार र उपचार कार्यलाई तीव्र बनाएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीबार बिहान राहत तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन्।

प्रभावित क्षेत्रमा खाद्यान्न सामग्रीहरू पठाइसकिएको पौडेलले बताएका छन्। तत्कालका लागि पकाउन नपर्ने तयारी खाद्यान्न जस्तै चाउचाउ र बिस्कुट सम्बन्धित स्थलमा पुगिसकेको जानकारी उनले दिए। राहत वितरणमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखिएको छ। उनीहरूका लागि आवश्यक ओछ्यान तथा अन्य बन्दोबस्तीका सामग्री उपलब्ध गराइएको छ।

घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन गरिएको छ। उक्त टोलीले घाइतेको प्रारम्भिक उपचार तथा सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ