काठमाडौँ, १५ भदौः रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ ।


पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।
रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ । वैद्यको सम्पर्क नं ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने पनि उहाँले बताउनुभयो ।
यस विषयमा थप जानकारीका लागि कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ । विपद्मा एक, अर्कालाई सहयोग गरी मानवता जोगाउन कोषले यो सेवा सुरु गरेको सदस्य भण्डारीले बताउनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










