पाँचथर, १६ भदौ : भोटेकोशी बाढी प्रभावितका लागि नेपाल अडिटर्स एसोसिएसन, पाँचथरले रु एक लाख सात हजार ३३३ सहयोग गरेको छ ।


एसोसिएसनले उक्त रकम प्रभु बैंक फिदिम शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । ११ वटा लेखा परीक्षक सङ्घ संस्था तथा व्यक्तिमार्फत जम्मा गरिएको उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नेपाल अडिटर्स एसोसिएसन पाँचथरका सचिव देवीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
लेखा परीक्षक संस्थाहरु देवीप्रसाद अधिकारी एसोसिएट्स र केशव भट्टराई एण्ड एसोसिएट्सले रु २५ हजार १११ का दरले राहत कोषका लागि रकम उपलब्ध गराएका थिए भने अन्य चार संस्थाले रु १० हजारका दरले रकम जम्मा गरेको अधिकारीले जानकारी दिनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal









