काठमाडौँ ।



विजयादशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ ।
आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ
बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरूले आज पनि आफन्त तथा मान्यजनहरूकहाँ पुगेर विजयादशमीको टीका थापिरहेका छन् ।
हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौँबाहिर रहेका आफन्त र मान्यजनकहाँ गइरहेका छन् ।
।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













