रेवा घिमिरे
झापा, २० चैत

 


भद्रपुर नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने छ सय ३४ सीमान्तकृत सन्थाल परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । अति विपन्न समुदायका सन्थालहरूको स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले पालिकाले आगामी जेठदेखि लागू हुने गरी आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बीमा गरिदिएको हो ।

नगरप्रमुख गणेश पोखरेलले बीमाबाट सन्थाल समुदायका दुई हजार पाँच सय २२ नागरिक लाभाविन्त हुने बताउनुभयो । उहाँले उनीहरूको स्वास्थ्य बीमा गरिदिए वापतको रु २२ लाख १९ हजार बरबारको चेक आजै नगरपालिकाले स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी प्रमुख सुनिता आचार्यलाई हस्तान्तरण गर्नुभएको छ ।

सन्थाल आदिवासी उत्थान सङ्घका केन्द्रीय अध्यक्ष सुन्दर वेस्राले नगरको खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले स्वाथ्यमा पहुँचविहीन सन्थाल समुदायको नगरले गरिदिएको बीमाका कारण पहुँच पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ