काठमाडौँ,
२ जेठ
काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।


वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले चार हजार ७३८ मत ल्याएर अग्रता लिनुभएको छ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले चार हजार ५८७ मत ल्याउनुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १५ को उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामाले पाँच हजार २४२ मत ल्याइ अग्रता लिनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेवार रमिला वाग्लेले पाँच हजार ५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
बुढानिलकण्ठ–५ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कृष्ण शाह (ठकुरी) ५१४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायण दुलालले ४८१ मत प्राप्त गर्नुभयो ।
यस्तै, बुढानिलकण्ठ–६ मा एमालेका रवि खड्का ७२६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रह्लाद खड्काले ६९६ मत प्राप्त गर्नुभयो । बुढानिलकण्ठ–७ मा पनि एमालेकै बमनारायण महर्जनले एक हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














