
म्याग्दी, १६ जेठ
हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो ।





खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मानापाथी हिमाल आसपासको क्षेत्रलाई आधार मानेर हराएको जहाज खोज्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको करिब १००सुरक्षाकर्मी परिचालन भएका जानकारी दिनुभयो ।
नेपाली सेना र निजी क्षेत्रको हेलिकप्टर कुहिरोका कारण हिजो दिनभर सम्भावित ठाउँमा पुग्न नसकेपछि अपराह्न स्थलमार्गबाट गएका हुन् । कोवाङदेखि करिब दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेका सुरक्षाकर्मी बिहानै मानापाथी हिमालतर्फ लागेका हुन् । आज पनि कुहिरो लागेकाले हेलिकप्टर उडाउन समस्या देखिएको र खोजीमा चुनौती भएको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















