
मनोहरा जेसीजको नवौ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम कागेस्वरी मनोहरा नगरपालिका ९ मनोहरा फाटमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि कागेस्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्कीले नगरका युवाहरुको नेतृत्व बिकासका लागि सधै जेसीज संग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै कार्कीले युवाहरु देशको मेरुदण्ड भएको र युवाहरुलाई सहि तरिकाले प्रशिक्षित गर्न सकेको खण्डमा उत्कृष्ठ युवाहरुले समाज हाक्ने बताउनु भयो । कम्तिमा एक वड दश युवालाई नेतृत्व र ब्यक्तित्व विकास को तालिम दिन सके ति युवाहरु मार्फत जेसीजका बारेमा समाजमा सकारात्मक छाप छोड्न सकिने बताउनु भयो ।
कार्याक्रमा बोल्दै विशिष्ठ अतिथी नेपाल जेसीज बर्ष २०२५ का अध्यक्ष रजनी थापाले जेसीजले समाज परिवर्तनमा गरेका विभिन्न कार्यको प्रचार प्रसार हुन नसकेको बताउनु भयो । युवाहरुले नेतृत्व बिकास र समाज रुपान्तरणका लागि कार्य गरेको तर त्यसले ब्यापकता नपाएको बताउनु भयो । कार्यक्रममा मनोहरा जेसीजका सस्थापक अध्यक्ष जगतराज ढुगाँना, मातृ साखाका संसपक अध्यक्ष प्रकास घिमिरे, पूर्व अध्यक्ष खेमराज अधिकारी मनोहरा जेसीजका लागि निरुपित राष्ट्रिय कार्यकाारिणी उपाध्यक्ष कृष्ण सापकोटा, उपाध्यक्ष बबिता पाण्डे लगाएतले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
पदस्थापना कार्यक्रममा बर्ष २०२४ का अध्यक्ष अस्मिता बोहराको गलाको माला दशौ बार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट निर्बिरोध बर्ष २०२५का लागि अध्यक्षमा निर्वाचित उमेश भट्टराई लाई को गलामा हस्तान्तरण गरिएको थियो कार्यक्रममा बर्ष २०२४ की अध्यक्ष अस्मिता बोहराले आफ्नो अध्यक्षाको अन्तिम मन्तब्य राख्दै सहयोग गर्ने सम्पूणर््ालाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको २०२५का अध्यक्ष उमेश भट्टराईले स्वीकारोक्ती मन्तब्य राख्नु भएको थियो कायक्रको सहजीकरण बर्ष २०२४का महासचिव रुपेश खनालले गर्नु भएको थियो ।



प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal