बीमा गरिसकेपछी दावी भुक्तानी नपाएर बीमा कम्पनी धाउदा धाउदा दुख पाउनु आजकाल क्षतिपुर्ती दाबी गर्नेको दैनिकी जस्तै भएको छ । तर सूर्यज्योति लाईफमा दाबी भूक्तानी दिएका बीमितहरु भने कम्पनीले दिएको सेवा संग धेरै नै खुसी भएको पाईन्छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले माघ महिनामा मात्रै ५ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । यस बीमा कम्पनीले माघ महिनामा १४७ वटा दाबीवापत उक्त रकम बराबरको दाबी भुक्तानी गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०८१र८२ को माघ मसान्तसम्ममा १३ सय ९९ वटा दाबीबापत ४९ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ