
राजा ज्ञानेन्द्र शाह काठमाडौं आईपुग्नु भएको छ । पोखराबाट आइतबार दिउँसो उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्नु भएको हो ।विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गर्नु भएको छ ।
पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उहाँका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न भेला भएका छन् । उहाँलाई स्वागत गर्न केही हजार जनता सडकमा आउने अनुमान गरिए पनी अनुमान भन्दा बढी जनता सडकमा आएको देखिएको छ । स्वागत गर्न आएका एकजना स्वगतकर्ताका अनुसार लगभग १ लाख ३० हजारको हारहारीका विमानस्थल देखी महाराजगंज सम्म जनता राजालाई स्वागत गर्न सडकमा आएका छन् ।



यता नेपाली कांग्रेसको सनातन हिन्दुराष्ट्र अभियानका संयोजक शंकर भण्डारीले काठमाडौंमा आइतबारको प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलबाट निर्मलनिवास पुर्याउने र्यालीका रूपमा मात्र हेर्न नहुने बताएका छन् । भण्डारीले अभियानलाई केही राजावादीको लहडका रूप मात्र बुझ्न नहुने उल्लेख गरे । “नेपाली सेनाको भूमिका फरक देखिँदै छ । छिमेकी मुलुकको भूमिका पनि फरक हुँदै छ,” भण्डारीले “नागरिक निराश छन् । गणतन्त्रले जनतालाई छुन सकेको छैन ।”
भण्डारीले जालझेलबाट ०७२ सालमा गलत संविधन जारी गरिएको जिकिर गरे । यसको विकल्प ०४७ सालको संविधान हुने उनले बताए । “अहिलेको संविधान जालझेलबाट आएको हो । त्यस बेला जनताको सुझाव नै नसुनिएकाले अहिलेको अवस्था आएको हो,” भण्डारीले भने, “यो देशलाई दुर्घटनाबाट जोगाउन र कांग्रेसलाई पनि संकटबाट जोगाउन ०४७ सालकोे संविधान पुनर्स्थापित गर्नुपर्छ ।”
कांग्रेसको हिन्दुराष्ट्र अभियानका सहसंयोजक लोकेश ढकालले भने आफूहरू आजको प्रदर्शनमा सहभागी नभएको बताए । तर, हिजो हालका गणतन्त्रवादीको बलमा धर्मनिरपेक्षता र गणतन्त्र स्थापित नभएको र परिवर्तनको सम्भावना अझै रहेको उनको विश्वास छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal