
नेपाल जेसीज क्षेत्र ग ले संसदीय सभा संचालन कार्यसाला सम्पन्न गरेको छ । नेपाल जेसीज बर्ष २०२५ क्षेत्र ग को आयोजनामा काउन्सिलर कम्पास नेभिगेटिगं सम्सदिय अभ्यास कार्यसाला शनिबार ललितपुरको भैंसेपाटि स्थित यूनिटी क्याफे ललितपुरमा सम्पन्न भएको हो ।
कार्यशालालाई नेपाल जेसीज बर्ष २०१७ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कैलाख खाकी श्रेष्ठ र देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष विकास सापकोटाले सहजिकरण गर्नुभएको थियो । नेपाल जेसीज क्षेत्र ग निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटाको अध्यक्षता तथा नेपाल जेसीज बर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यशालामा क्षेत्र ग का २८ जना शाखा अध्यक्षहरुको सक्रिय सहभागिता रहेको थियो ।



कार्यशालामा कुनै पनि बैठक र सभालाई कसरी मर्यादित रूपमा सञ्चालन गर्ने, मतदान प्रक्रिया – कसरी सही निर्णयमा पुग्ने, सदस्यहरूको अधिकार र कर्तव्य – एक जिम्मेवार सदस्यको भूमिका के हुन्छ, विवाद समाधान र निर्णय प्रक्रियाहरू – लोकतान्त्रिक रूपमा कसरी समस्या समाधान गर्ने लगायत यावत् विषयहरुमा केन्द्रित रहि प्रशिक्षक ज्यूहरुले सहजिकरण गर्नु भएको थियो ।
कार्यशाला उद्घाटन सत्रमा प्रमुख अतिथि भण्डारीले जेसीजमा अवलम्बन गरिने पृथक् विषयवस्तु मध्य समुदायले महत्वपुर्ण उदाहरणको रुपमा लिने संसदीय सभा प्रणालीलाई सिकाइको माध्यमबाट व्यवहारिक रुपमा सभा तथा बैठकमा प्रस्तुत हुन सके मात्र बैठकर सभा मर्यादित हुन सक्ने बताउनु भयो ।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य राष्ट्रिय उपाध्यक्ष दिपक जंग अधिकारीले राख्नु भएको थियो भने अर्का राष्ट्रिय उपाध्यक्ष संगम बाबु कार्कीले संचालन गर्नु भएको थियो ।
कार्यक्रमा सभापति कृष्ण सापकोटाले कार्यक्रम माथि प्रकाश पार्दै विशेष गरि नेपाल जेसीजका राष्ट्रिय तथा शाखाका बैठक र सभाहरु मर्यादित ढंगबाट संचालन गर्नका लागि र आफुले राष्ट्रिय महाधिवेशनमा ककसमा बोलेका बाचाहरु पुरा गर्ने क्रममा पहिलो प्राथमिकतामा रहेको संसदीय सभा संचालन प्रणाली बहुशाखा कार्याशाला आयोजना गरिएको बताउनु भयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal