
गल्याङ बहुमुखी क्याम्पसको संचालक समितिको चयन प्रकृया कानुन बमोजिम नभएको भन्दै परेको रिट उपर उच्च अदालत पोखराले अन्तिम फैसला नहुदाँ सम्म नयाँ निर्वाचित समितिलाई कार्य नगर्न र नगराउन हिजो अन्तरिम आदेश जारी गरेको छ । गत असोज १ मा आवहान भएको साधारण सभा वहुमत सदस्यको उपस्थित नभएका कारण स्थगित भई दोस्रो र तेस्रो पटक पुन आवहान गरिएको थियो । तेस्रो पटकको साधारण सभाबाट छ जना अध्यक्षको पदमा उमेद्धवारी परेको थियो । तर निर्वाचन समितिको संयोजक राजेन्द्रदेव खनालको समितिले निर्वाचन प्रकृयामा नगई सहजिकण समितिको घोषणा गरि महेन्द्र थापा संयोजक, नगर प्रमुख गुरु प्रसाद भट्टराई सहसम्योजक, र कृष्ण प्रसाद भट्टराई, अर्जुन श्रेष्ठ, बलराम श्रेष्ठ, धर्मराज न्यौपाने सदस्य हुनेगरी सहजिकरण समिति निर्माण गरेको थिया । तर सो समितिले बिधानमै नभएको अधिकार प्रयोग गरि साधारणसभाले दिएको अधिकार भन्दा बाहिर गएर हामी गल्याङ बहुमुखी क्याम्पसको ब्यवस्थापन समिति छनौट गर्ने उच्च स्तरिय अधिकार सम्पन्न समिति हे भनि कुनै पनि अध्यक्षको उमेद्धवार संग छलफल समेत नगरि विधान विपरित आफुखुशी अध्यक्ष तथा सम्पूर्ण कार्य समिति समेत घोषणा गर्न निर्वाचन आयोगलाई अन्तिम नाम सिफारिस गरेको थियो । बिधानले उच्च सम्यन्त्रलाई चिन्दैन भने त्रिभुवन विस्वबिद्यायको नियमावली अनुसार क्याम्पस संचालक समितिको अध्यक्ष हुन न्यूनतम प्रविणता प्रमाणपत्र वा कक्षा बाह्र उर्तिण भएको हुनु पर्दछ । तर विधान बमोजिम हाल घोषणा गरिएका अध्यक्षको योग्यता पुग्दैन । क्याम्पस संचालक समितिमा मात्र होईन भर्खरै भएको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा समेत आफुखुसी गर्दै निर्वाचन बिनै सभापती र पदाधिकारी घोषणागरेको थियो । स्ववियू निर्वाचन अवैधानिक भएको भन्दै नेपाल बिद्यार्थी संघले आपत्ती जनाएको र आन्दोलन गरिरहेको नेपाल बिद्यार्थी संघका तर्फबाट सभापतिका उमेद्धार गणेश अधिकारीले बताए ।
क्याम्पस समितिका अध्यक्षको उमेद्धवारहरुमा स्याम प्रसाद भण्डारी, लक्ष्मण प्रसाद भट्टराई, भुपराज अधिकारी लालगोपाल अर्याल, महेन्द्र श्रेष्ठ र प्रेम श्रेष्ठ रहेका छन् । स्याम प्रसाद भण्डारी, लक्ष्मण प्रसाद भट्टराई र भुपराज अधिकारीको भने विधान बमोजिम योग्यता पुगेको देखिन्छ । अन्तरिम आदेश बमोजि अव पुर्ण फैसला नहुदा सम्म बर्तमान अध्यक्ष तथा पदाधिकारीले कार्य गर्न नपाउने ब्यवस्था रहेको छ । साथै दुवैपक्षलाई छलफलका लागि चैत्र २० गते उच्च अदालले उपस्थित हुन सुचना जारी गरेको छ ।



प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal