२७ भदौ, काठमाडौं । गत सोमबार जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका ४ युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले शुक्रबार पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

पशुपतिमा उनीहरूको अन्तिम बिदाइ हुँदै गर्दा सिंगो आर्यघाट नै भावविह्वल बन्यो । आर्यघाटमा उपस्थित आफन्तहरूको रुवाबासी चल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ