काठमाडौँ।

जेनजी आन्दोलनलाई लक्षित गर्दै गत भदौ २३ गतेदेखि ललितपुर जिल्ला जारी गरिएको निषेधाज्ञा र कर्फ्यू जारी आइतबारसम्म जारी रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यू आइतबारसम्म जारी रहने जानकारी दिएको हो ।

जिल्लामा जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीको आदेशमा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार, शनिबार बिहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजे सम्म निषेधाज्ञा लागू हुनेछ भने साेही दिन बेलुकी ७ः०० बजे देखि भाद्र २९ गते बिहान ६ः०० बजे सम्म कर्फ्यू लाग्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ