
काठमाडौँ, ५ असोजः



स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal