सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । कोशीमा आइतबार साढे ११ बजे पानीको बहाव ५ लाख १० हजार ९६० क्युसेक पुगेको छ । आइतबार बिहानदेखि पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको थियो ।

शुक्रबार र शनिबार लगातार वर्षा भइरहेका कारण आइतबार बिहानदेखि सप्तकोशीमा पानीको बहावले खतराको तह पार गरेको छ । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । आइतबारबाट कोशी प्रदेशमा मनसुन सक्रिय भएको छ । बिहानैबाट वर्षा जारी छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार कोशी प्रदेशमा सक्रिय रहेको मनसुन विस्तारै बाहिरिँदै गएको छ । सप्तकोशीमा आइतबार बेलुकैसम्म पानीको बहावले खतराको तह पार गर्ने विभागले बताएको छ । सुनकोशी, अरुण र तमोर नदीमा पनि पानीको सतह खतराको तहभन्दा माथि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ