
मेक्सिको सिटी,
मेक्सिकोमा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४४ पुगेको छ । बाढीले देशभर अनपेक्षित विनाश गरेको जनाइएको छ ।



मेक्सिकन अधिकारीहरूले विशेष गरी पाहाडी क्षेत्रहरू, हिमश्रङ्खला लगायतका संरचना पानीको कारण प्रभावित भएको र राहतकर्मीहरू राहत वितरणका लागि हर सम्भव प्रयास गरिरहेको जनाएका छन् ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्स मार्फत मौसमी अवस्थाका कारण टाढा रहेका समुदायहरूमा एयरलिफ्ट गर्न अनुमति दिएको जनाउनु भएको छ ।
फसेका बासिन्दाहरूलाई उद्धार गर्न र प्रभावित समुदायहरूमा खाना पुर्याउन लगभग दश हजार सेना तैनाथ गरिएको छ ।
मेक्सिकोले सन् २०२५ मा असामान्य प्रकृतीको भारी वर्षाको अनुभव गर्नुका साथै राजधानी मेक्सिको सिटीमा अहिले सम्मको सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो ।
अधिकारीहरूले उष्णकटिबन्धीय आँधीबेहरी रेमण्ड र प्रिस्किल्लाका कारण प्रशान्त तटका क्षेत्रहरूलाई नजिकबाट निगरानी गरिरहेका छन् । आँधीबेहरी र बर्षा बाट संरचना कमजोर भएको र अझै पनि देशको पश्चिमी भागमा भारी वर्षा भइरहेकोले चियापास, ग्युरेरो, ओक्साका र मिचोआकन राज्यहरूमा क्षति पुरयाइरहेको जनाएका छन् ।
– – –
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal