मकवानपुर, २१ चैतः
बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले आज पदभार ग्रहण गर्नुभएको छ ।


प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट हिजो सपथ ग्रहण गर्नुभएका मन्त्रीहरु केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठले आज सम्बन्धित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
केशवप्रसाद पोखरेलले वन तथा वातारण मन्त्रालय, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
गत फागुन २३ गते नेपाली कांग्रेसका तर्फबाटमन्त्री बन्नुभएका छ जनाले सामूहिक राजीनामा दिएर सरकारबाट बाहिरिएपछि मौजुदा मन्त्रिपरिषद् अल्पमतमा परेको थियो । मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक लिएको विश्वासको मतमा ५६ मत पाएपछि उहाँ नेतृत्वको सरकारले निरन्तरता पाउने भएको हो ।
जस अन्तर्गत शालिकराम जम्मकट्टेल मुख्यमन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार तथा योजनामन्त्री, कुमारी मुक्तान सामाजिक विकासमन्त्री, गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री, जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री र डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकासमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














