नेपाल प्रजातन्र सेनानी संघ स्याङ्जाको पहिलो अधिवेशन सम्पन्न भएको छ । असोज द्ध गते शुक्रबार नेपाली काङ्ग्रेस पार्टी कार्यालय स्याङ्जामा सम्पन्न पहिलो अधिवेशनले स्वतन्त्र सेनानी तारापति सुवेदीको अध्यक्षतामा १७ सर्वसम्मत सदस्यीय नेपाल प्रजातन्र सेनानी संघ स्याङ्जा निर्वाचित गरेको छ । जसको जिल्ला उपाध्यक्षमा टीकाराम ढकाल, जिल्ला सचिवमा लक्ष्मण भट्टराई, जिल्ला कोषाध्यक्षमा भक्त वहादुर मल्ल र जिल्ला सदस्यहरुमा रामकृष्ण अधिकारी, जीवलाल काफ्ले, वोधराज रेग्मी, गोविन्द, दीर्घ नारायण अर्याल, अम्विका देवी पौडेल, रामनाथ शर्मा, मेघ बहादुर खड्‌का, हिरण्य आचार्य, खगराज भट्टराई, गीता भट्टराई, कर्मवीर नेपाली, ओमनाथ शर्मा, राम बहादुर आले रहेको नेपाली काङ्ग्रेसका जिल्ला सचीव दामोदर लम्सालले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभावति विश्वप्रेम अधिकारी ,नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्ल, नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्साल, नेपाली कांग्रेस पुतलिवजार नगरसमितिका सभापति सुरज कुमार अधिकारी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ