२७ भदौ,

काठमाडौं।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको पाइएको छ ।

मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको प्रारम्भिक अध्ययनबाट यस्तो देखिएको हो । स्थलगत अध्ययन गरी फर्किएका अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रालयमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र गृह मन्त्रालयमा शतप्रतिशत क्षति देखिएको छ । सिंहदरबार बाहिर रहेको एकमात्र मन्त्रालय स्वास्थ्यमा समेत शतप्रतिशत क्षति भएको छ ।

अन्य मन्त्रालयमा भने आंशिक क्षति देखिएको छ । अर्थ मन्त्रालयको तल्लो तला, बाहिरको टहरा र गाडीहरूमा क्षति पुर्‍याएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ