
काबुल, ५ असोज रासस
अफगानिस्तानको तालिवान सरकारद्वारा पाँच करोड ६० लाख डलर मूल्यका छ परियोजना आइतबार स्वीकृत गरेको छ।



अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले पूर्वाधार, स्वास्थ्य सेवा र आर्थिक अवसरहरू बढाउनका लागि ३.८ अर्ब अफगानी अर्थात् पाँच करोड ६० लाख ४० हजार अमेरिकी डलर मूल्य बराबरका छ वटा विकास परियोजनाहरूलाई अनुमोदन गरेको आर्थिकमामिलाका लागि उपप्रधानमन्त्रीको कार्यालयले आइतबार घोषणा गरेको छ।
उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरको अध्यक्षतामा बसेको आयोगले छ वटा प्रमुख पहललाई अनुमोदन गर्नुअघि विभिन्न क्षेत्रका ३० वटा प्रस्तावहरूको समीक्षा गरेको थियो।
परियोजना अन्तर्गत पूर्वी कुनार प्रान्तमा २०० शैयाको अस्पताल निर्माण गर्ने, पक्टिका प्रान्तमा हरितगृह स्थापना गर्ने, उत्तरी फर्याब प्रान्तमा २५ किलोमिटर सडक निर्माण गर्ने र विभिन्न प्रान्तमा विद्युत् कम्पनीहरुलाई विद्युतीय उपकरण आपूर्ति गर्ने योजना रहेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal