विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनलाई पूर्णरुपमा बन्द गरिएको  धादिङ, नुवाकोट र काठमाडौं–दक्षिणकाली का सडकहरु एकतर्फी खुला गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार सूचाना जारी गर्दै उक्त जानकारी दिएको हो ।

“हाल मौसममा क्रमिक सुधार हुँदै गएकाले धादिङ, नुवाकोट र काठमाडौं–दक्षिणकाली सडकखण्डका पहिरो पन्छाएर सडक सुचारु गर्ने कार्य भइरहेको छ,” काठमाडौं जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

अहिले विभिन्न ठाँउमा पहिरो पन्छाई एकतर्फीरूपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोट समेतका जिल्ला प्रशासन कार्यालयहरुले दिएपछि सडक एकतर्फी खुला गरिएको हो ।

“सडकमा यात्रुको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरूमा आवागमन एकतर्फी खुला गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ