
काठमाडौँ
बैशाख १९





रेबा घिमिरे
- नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिबाट स्कुल लिडरहरुको लागि आयोजित लिडरशिप ट्रेनिङ फर स्कुल लिडर” ट्रेनिङ आज नेशनल प्याब्सन केन्द्रिय समितिका श्रद्देय अध्यक्ष पान्डब हमालज्युको प्रमुख आतिथ्यतामा यल्लो प्यागोडा होटलमा काठमाडौका ७५ स्कुलका स्कुल लिडरहरुको सहभागितामा भब्य रुपमा सम्पन्न भएकोछ।
ट्रेनिङ कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने लिड ट्रेनरको रुपमा युबा ट्रेनर सुशील बुढाथोकी,को-ट्रेनर बास्तोला जि,कोडिङ सिस्टम ट्रेनर सुशान्त डङ्गोलजी, कि नोट स्पिकार अनिल चित्रकारले बदलिँदो अबस्थामा स्कुल लिडरको भुमिकाको बिषयमा तालिम प्रदान गर्नुभयो । ट्रेनिङमा सहभागी नेशनल प्याब्सनका केन्द्रिय पधाधिकारीज्युहरु, प्रदेश पदाधिकारीज्युहरु, जिल्ला समिती पदाधिकारी, नगर समिती पदाधिकारीज्युहरुका साथै विभिन्न बिध्यालयबाट उपस्थित हुनु भएका स्कुल लिडरहरुको सकृय सहभागिता रहेको बारेमा नेशनल प्याब्सन काठमाडौ जिल्ला उपाध्यक्ष तथा तालिम बिभाग प्रमुख मनोज होम बहादुर अधिकारीले बताउनु भयो ।तालिक कार्यक्रम नेशनल प्याब्सन काठमाडौ जिल्ला समिती अध्यक्ष खडक बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भयो।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















