१० माघ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान मंगलबार (भोलि)देखि पुन: सञ्चालनमा आउने भएको छ ।


सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो ।
हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














